शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं: अल जजिरा टेलिभिजनलाई आतंककारी च्यानल भन्दै इजरायलले प्रतिबन्ध लगाउने भएको छ।

इजरायली संसदले सरकारलाई अस्थायी रूपमा विदेशी मिडिया बन्द गर्न अनुमति दिने एक कानून सोमबार पारित गरेको छ।

‘आतंकवादी च्यानल अल जजिराले अब इजरायलबाट प्रसारण गर्ने छैन। म च्यानलको गतिविधि रोक्नका लागि नयाँ कानून बमोजिम तुरून्तै कदम चाल्न चाहन्छु,’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सामाजिक संजाल एक्स (ट्विटर)मा लेखेका छन्।

तर कहिलेदेखि प्रतिबन्ध लगाउने भनेर उनले खुलाएनन्।

अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमा भएको आक्रमण पछि इजरायली आक्रमणमा परेर केही अल जजिराका पत्रकार मारिएका छन्। इजरायलले भने उनीहरू हमासका आतंककारी भएकाले मारिएको भन्दै आएको छ।

प्रधानमन्त्री नेतन्याहुले कुनै विदेशी मिडियाले इजरायलको राष्ट्रिय सुरक्षालाई ‘ठोस रूपमा कमजोर’ ठानेमा नयाँ कानूनले सरकारलाई अस्थायी रूपमा ती विदेशी मिडियाका कार्यालयहरू बन्द गर्न, उपकरण जफत गर्न, इजरायली केबल र स्याटेलाइट टेलिभिजन प्रदायकहरूबाट हटाउन र कुनै पनि पहुँच रोक्ने अधिकार दिन्छ।

अल जजिराले यो कानुनको भत्र्सना गर्यो

इजरायलको यो निर्णयलाई आफूलाई चुप बनाउने योजनाबद्ध श्रृंखलाको पछिल्लो कडी भन्दै अल जजिराले यो कानुनको भत्र्सना गरेको छ।

अल जजिराले नेतन्याहुको टिप्पणीलाई झुट भन्दै त्यसले आफ्ना विश्वभरिका पत्रकारको सुरक्षा खतरा उक्साउने भनेको छ। तर यसले आफ्नो ‘निडर र व्यवसायिक’ पत्रकारितालाई नरोक्ने दृढता व्यक्त गरेको छ।

मध्यपूर्वको सबैभन्दा लोकप्रिय समाचार माध्यम

अल जजिराको अरबी भाषाको च्यानल मध्यपूर्वको सबैभन्दा लोकप्रिय समाचार माध्यम हो।कतारमा आधारित अल जजिराले आफूलाई आंशिक रूपमा सरकारी लगानी भएको स्वतन्त्र संस्था भन्ने गरेको छ।

इजरायल, साउदी अरबिया, संयुक्त अरब इमिरेट्स लगायत देशले तानाशाही शासन भएको कतारले सरकारी प्रभाव फैलाउन खोलिएको संचार माध्यम भएको आरोप लगाउँछन्।इजरायलले भने यसलाई आतंककारीको मुखपत्र भन्ने आरोप लगाउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP