मंगलबार , बैसाख २९, २०८३

‘जात्रा’, ‘जात्रैजात्रा’ जस्ता चल्तीका फिल्म बनाएर चर्चामा आएका निर्देशक प्रदीप भट्टराई ‘महाजात्रा’ फिल्मका साथ फेरि आएका छन् । अघिल्ला फिल्मकै पात्र र अघिल्ला फिल्ममा पात्रहरूले भोगेको सास्ती र अपराधकै कथाको नयाँ भर्सन हो, ‘महाजात्रा’ । ‘जात्रा’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’ यही शुक्रबार (चैत ९ गते) बाट प्रदर्शनमा आएको छ । एकातिर ‘ब्रान्ड भ्यालु’ र अर्कोतिर बलियो ‘स्टारकास्ट’ भएकाले फिल्मले यस वर्षकै उच्च कमाई गर्ने प्रक्षेपण गरिएको छ । मंगलबारबाट नेपालका मल्टीप्लेक्सहरुमा फिल्मको बुकिङ समेत खुलिसकेको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित प्रायःमा फिल्मले उच्च शोज पाएको छ ।

राजनीतिमा अपराध र तस्करी कसरी घुसिरहेको छ र त्यसको मूल्य सामान्य पात्रहरूले कसरी चुकाउन बाध्य भइरहेका छन् भन्ने बुझन् ‘महाजात्रा’ काफी छ । मंगलबार फिल्मको प्रिमियरमा निर्देशक भट्टराईले अघिल्ला दुई फिल्म निर्माणको अनुभवले फिल्म खारिएको बताए ।

अहिले चलिरहेको राजनीतिको जात्रा, यसमा मिसिएको अपराध र तस्करीको कथा नै फिल्ममा अनेकन् उपकथामार्फत आएजस्तो देखिन्छ । एकैछिनमा हाँस्ने र एकैछिनमा रुन बाध्य बनाउने जादूयी शैली देखाएर निर्देशक भट्टराईले फिल्ममा पनि आफ्नो निर्देशकीय कौशल पुष्टि गरेका छन् । उक्त चलचित्र अस्ट्रेलियाका प्राय सबै शहारमा लाग्ने भएको छ।  यसै क्रममा अस्ट्रेलियाको नर्दन टेरोट्रीमा अवस्थित शहर डार्विन र क्याथरिनमा पनि महाजात्रा लाग्ने भएको छ। Darwin Hearts को व्यवस्थापन सहित डार्विनमा महाजात्रा २०२४ अप्रिल २ र ३ तारिख मा क्यजुरिनाको BCC cinema मा चलचित्र लाग्ने भएको छ भने क्याथरिनमा स्थानीयको व्यवस्थापनमा अप्रिल ११ मा लाग्ने भएको छ।

डार्विनमा रहनु हुने सम्पूर्ण ले यो लिंकमा गएर टिकट बुक गर्न सक्नु हुने छ।  (CLICK FOR BOOKING )

छुटाउन नहुने निकै रमाइलो चलचित्र महाजत्राको टिकट बेलैमा लिन र आहिलेलाइ मात्र  मात्र दुइ शो भएको ले पनि छिट्टो टिकट काटि आफ्नो सिट सुरक्षित गर्न  Darwin Hearts का अध्यक्ष फिरोज रानाले जानकारी दिनु भयो।  

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत लगायतका कलाकारले अभिनय गरेका छन् । नेताको भूमिका निर्वाह गरेका हरिवंशले कसरी नेताहरू स्वयं अपराध गर्न बाध्य छन् र त्यसबाट मुक्तिको बाटो उनीहरूले कसरी रोज्न सक्छन् भनेर देखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP