शुक्रबार , भाद्र १२, २०८३

दयाहाङ राई र मिरुना मगर स्टारर ग्याङस्टर ड्रामा ‘रंगेली’को भारत प्रदर्शन तय भएको छ । यो फिल्मलाई एन मुभिज र जनता सिनेमाले भारत वितरण गर्न लागेका हुन् ।

एन मूभिजले भारतीय फिल्महरु हनुमान, पेज ३, मालामाल विक्ली, कर्पोरेट, ट्राफिक सिग्नल, जन्नत, न्युटन लगायतका फिल्म वितरण गरेको निर्माताद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यी दुई वितरण कम्पनीले ८० मुलुकमा पनि फिल्म वितरण गर्दै आएको जनाइएको छ । कार्यकारी निर्माता जितेन्द्र खतिवडाका अनुसार ‘रंगेली’ भारतका सय पर्दामा रिलिज हुनेछ ।

भारतको प्रदर्शन मिति केही दिनमा घोषणा गर्ने तयारी छ । हिन्दी डबिङको काम मुम्बईमा भैरहेको छ ।

फिल्म अमेरिकामा रिलिज भैसकेको छ । क्यानडा, जापान, दक्षिण कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी अरब र ओमनमा पनि फिल्म प्रदर्शनको तयारी रहेको जनाइएको छ ।

लामो समयदेखि अमेरिकामा फिल्म वितरणको कार्य गर्दै आइरहेका अर्जुन सुवेदीको यो डेब्यु फिल्म समेत हो । पूर्वी सहर रंगेलीमा आफ्नो वर्चस्व कायम गर्न ग्याङस्टर चरित्रहरुले गर्ने संघर्ष यसको कथावस्तु हो ।

दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ । यस गीतमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP