सोमबार , अषोज २६, २०८३

अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसरमा फिल्म ‘पुजार सार्की’ले उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ । फिल्ममा उनले मैतबहादुर नामक पात्रको भूमिका निर्वाह गरेका छन् ।

तस्वीरमा उनको चरित्र रुपान्तरण आकर्षक देखिन्छ । पात्र निर्वाहका लागि उनले गरेको मेहनत पनि देखिन्छ । फोटोमा उनलाई कालो टोपी, लामो कपाल र पञ्जैबाजाको दमाहा बजाउँदै गरेको देख्न सकिन्छ ।

तस्वीरले उनको चरित्र चित्रणबारे प्रकाश पार्छ । निर्देशक राउतले यो फिल्मलाई जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने कथा पेश गर्छ । प्रदीपसँगै पल शाह र आर्यन सिग्देल पनि प्रमुख भूमिकामा छन् ।

प्रदीपले यसअघि राउत निर्देशित सोसल-ड्रामा ‘प्रकाश’मा जुम्लाका एक विपन्न युवकको चरित्र निर्वाह गरेका थिए । ‘पुजार सार्की’को छायांकन कास्की जिल्लाको कास्कीकोटमा भइरहेको छ । विकास सुवेदीले यो फिल्म लेखेका हुन् ।

अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतले पनि अभिनय गरेका छन् । राउत निर्देशित अघिल्ला फिल्महरु प्रसाद, क्लासिक र नोभेम्बर रेन रुचाइएका थिए । यो फिल्मको निर्मातामा सुवास भुसाल छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP