शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं : पछिल्लो २४ घन्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४५ सय३६ नमूनाको पीसीआर परीक्षणमा २६६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०२ जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ। यस्तै पल्लो २४ घन्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ। मन्त्रालयका अनुसार हाल ६४ जना क्वारेन्टाइन र १८ सय ३२ जना आइसोलेनमा छन्।

पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेको र त्यसको जोखिम नेपालमा पनि रहेको औल्याउँदै सीमानाकामा स्वास्थ्य जाँच कडा पार्न लागिएको हो। मन्त्रालयका अनुसार हालसम्म विभिन्न छ वटा नाकामा डेल्थ डेस्क राखिएको छ। पछिल्लो समय कंचनपुर नाकाबाट नेपाल आएका १८० जनामा कोरोना पोजिटिभ देखिएको छ।

भारतका आएका ४ हजार ४४५ जनाको कोरोना परीक्षण गरिएको थियो। पछिल्लो २४ घन्टामा मात्रै भारतबाट आएका ९ सय ७२ जनाको कोरोना जाँच गराउँदा ३७ जनामा पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP