मंगलबार , अषोज २७, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापवति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने निश्चित भएको छ ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपश्चात लामिछानेलाई गृहमन्त्री बनाउने भएको स्रोतको भनाई छ।

नयाँ सत्ता समीकरण बनेपछि लामिछानेले गृह मन्त्रालयको अडान राखेका थिए। यस अगाडि गत वर्षको पुषमा बनेको एमाले नेतृत्वको गठबन्धनबाट पनि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेका थिए।

रास्वपा स्रोतका अनुसार गृहसहित चार मन्त्रालय लिने सहमति भएको हो।
स्रोतका अनुसार गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय रास्वपाले लिने भएको छ।

रास्वपाबाट लामिछानेसहित सुमना श्रेष्ठ मन्त्री बन्ने निश्चित रहेको बताईएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सन्तोष परियारलाई ल्याउने चर्चा छ । रास्वपाका उपसभापति डीपी अर्यालले सोमबार नै बिना विभागीय मन्त्रीको शपथ लिएका थिए । उनले श्रम मन्त्रालयको जिम्मेवारी पाउनेछन् । file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP