शनिबार , बैसाख ६, २०८२

वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेकाे छ । बिहीबार राति भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै जोर्डनले छटाैं पटक उपाधि जितेको हो ।

निर्धारित समयमा २- २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

आमन्त्रित टोलीको रुपमा रहेको नेपाल पहिलो सहभागितामै उपविजेता बन्याे। खेलमा सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा नेपाल उपविजेतामा सिमित रह्यो । खेलको २९ औं मिनेटमा सविता राना मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा १–० ले पछि परेको जोर्डनले दुवै गोल दोस्रो हाफमा गरेको हो । ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई बराबरीमा पुर्याएकी थिइन् । त्यस्तै साराह अबु साबाहले खेलको ८९ औं मिनेटमा जोर्डनका लागि दोस्रो गोल गरेकी थिइन् ।

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पायो । गिता रानाले पेनाल्टीमा गोल गर्दै नेपाललाई बराबरी पुर्याइन् ।

पेनाल्टी सुटआउटमा नेपालका गीता राना, दिपा शाही, र हिरा भुजेलले गोल गरे । भने अमृता जैशीको पेनाल्टी प्रहार जोर्डनकी गोल रक्षकले बचाउँदा नेपाल पराजित हुन पुग्यो ।

यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो । जोर्डन प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP