शुक्रबार , बैसाख ५, २०८२

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध स्पिनर नखेलाउने निर्णयको बचाउ गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल प्रमुख स्पिनर ललित राजवंशी बिना नै मैदान उत्रिएको थियो ।

यो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।

नामिबियालाई ११ ओभरमा ६६–३ को अवस्थामा राखेको थियो । १० औं ओभरको चौथो बलमा जान फ्रेलिंक रोहितको बलमा ५ रनमा बोल्ड भएपछि लोफ्टी ब्याटिङमा आएका थिए ।

लोफ्टीले ३३ बलमा ११ चौका र ८ छक्कासहित सबैभन्दा छिटो शतक पूरा गर्ने कीर्तिमानी आफ्नो नाममा लेखाए ।

कुशल मल्लको ३४ बलको कीर्तिमान तोड्दै उनले ३३ बलमै शतक पूरा गरे । लोफ्टीको प्रशंशा गर्दै रोहितले भने, ‘सुरुवात देखिनै हरेक सट खेलेको थियो । यसको श्रेय उसलाई दिनुपर्छ । उसले मिहिनेत पनि गर्‍यो होला । तर डेथ ओभरमा अझै राम्रो बलिङ गर्न सकिन्थ्यो ।”

नामिबियाको टिममा बायाँ हाते ब्याटर धेरै भएकाले स्पिनर नखेलाएको रोहितले प्रष्ट पारे । ‘मलाई लाग्छ उताको टोली हेर्नुहुन्छ भने धेरै लेफ्टी ब्याटर थिए । शीर्ष ६ ब्याटरमा ३-४ जना लेफ्टी हुनुन्छ । त्यसले गर्दा प्रमुख स्पिनर नखेलाउने निर्णय लिएका हौं । विकेट एकदमै राम्रो छ । टिम छनोट मलाई ठिक लाग्यो ।’

पार्टटाइम स्पिनर कप्तान आफैंले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिएका थिए । दीपेन्द्रले ४ ओभरमा ३२ र कुशल मल्लले १ ओभरमा ७ रन खर्चेका थिए ।

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट हुँदै २० रनले पराजित भएको थियो । नामिबियाका बायाँ हाते तिव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP