शुक्रबार , भाद्र १२, २०८३

फिल्म ‘झ्यानाकुटी’पछि अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालले फेरि एकसाथ फिल्म ‘सिटामोल’मा काम गरेका छन् । यसमा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा छन् । राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्मको यसै हप्ता सिन्धुलीको सेड्युल सकिएको छ । अब काठमाडौंका केही दृश्य र एक गीत मात्र छायांकन गर्न बाँकी रहेको निर्देशक सेनले जानकारी गराए ।

सिन्धुलीको छायांकन सकिएसँगै निर्माण टिमले सौगात र बेनिशाको ‘क्यारेक्टर लुक्स’ तस्वीर पनि सार्वजनिक गरेको छ । तस्वीरमा दुवैलाई गाउँले पोसाकमा देख्न सकिन्छ । एक तस्वीरमा सौगात बेहुलाको रुपमा देखिएका छन् भने अर्कोमा बेनिशासँग रोमान्टिक भावमा चित्रित छन् । एक तस्वीरमा सौगातले बैसाखी टेकेको पनि देखिन्छ । फिल्ममा उनी जनयुद्धको घाइतेको भूमिकामा छन् ।

माओवादी जनयुद्धको पृष्ठभूमिमा आधारित भएर बनेको फिल्ममा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, पवन भट्टराई, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको पनि अभिनय छ । तुलसीदेवी फिल्मको प्रस्तुति रहेको फिल्मलाई आगामी तीजमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

फिल्मको गीतमा बाबुल गिरीको संगीत रहेको छ भने दिव्य सुवेदीको छायांकन छ । भुगोल कुमार कार्की निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी छन् । निर्देशक सानेले यसअघि ‘सिल्ली फो’, ‘डोली’, ‘वीरांगना’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् । ‘सिटामोल’ उत्कृष्ट बनेको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP