शनिबार , बैसाख ६, २०८२

 नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।

इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको निगमले बताएको छ ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको हो । खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री  मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजलमा प्रति लिटर १.९४ रुपैयाँ घाटा छ । ग्याँसमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

१५ दिनमा निगमलाई ८८ करोड घाटा हुने र  ग्याँसमा मात्रै पाक्षिक रुपमा ६०.१३ करोड घाटा रहेको निगमले बताएको छ । सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा सञ्चित नाफाबाट व्यवस्थापन गरिने निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP