शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । सुदर्शन थापाले निर्देशन गर्ने आगामी फिल्म ‘रावायण’मा कलाकारको लाइनअप टुंगिएको छ । यो फिल्मको शीर्ष भूमिकामा पल शाह र पूजा शर्मा अनुबन्धित भएका छन् ।

अन्य कलाकारमा प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, शिल्पा मास्के, निकिता चाण्डक र कैलाश रावल छन् । लाइनअप हेर्दा फिल्मको कास्टिङ महत्वपूर्ण हुने देखिन्छ । हालै अन्तर्राष्ट्रिय प्रोजेक्ट सकेकी पूर्वमिस नेपाल चाण्डक पनि यो फिल्मसँग जोडिएकी छन् ।

अनलाइनखबरसँग कुरा गर्दै निर्देशक थापाले छायांकन चैत १० गतेदेखि सुरु हुने जानकारी दिए । सुदर्शन थापा र पूजा शर्माले आफ्ना ब्यानरको सहकार्यमा यो फिल्म निर्माण गर्न लागेका हुन् ।

यसअघि उनीहरुले ‘म यस्तो गीत गाउँछु’का दुवै श्रृंखला, ‘रामकहानी’मा निर्माण सहकार्य गरेका थिए । ‘अहिलेसम्म नायकको दृष्टिकोणबाट कथा भन्दै आएको थिएँ । अब खलपात्रको दृष्टिकोणबाट कथा भनौं न भनेर रावायण बन्न लागेको हो । धार्मिक कथा रामायणसँग यसको लेनादेना छैन,’ थापाले भने ।

यो प्रोजेक्ट आफ्ना लागि चुनौतीपूर्ण हुने सुदर्शनको भनाइ छ । ‘आफैंले गर्दै आएको तरिका र कास्टिङभन्दा भिन्न तरिकाले यो फिल्म बन्न लागेको हो,’ उनले भने ।

फिल्मको छायांकन काठमाडौं, हेटौंडा, सर्लाही र जनकपुरमा हुनेछ । शिवम् अधिकारी तथा दुई भारतीय फिल्म लेखकहरु प्रदीप श्रीवास्तव र राज गौरवले पटकथा लेखेका हुन् । ‘रावायण’लाई २०८१ सालभित्रै प्रदर्शन गर्ने सुदर्शनको योजना छ ।

यो फिल्मपछि आगामी साल अन्य दुई फिल्म पनि निर्देशन गर्ने उनको तयारी छ । ‘रावायण’मा यसअघि अनमोल केसी तय थिए तर उनी बाहिरिएपछि प्रोजेक्टमा पल भित्रिएका हुन् । पल यतिबेला दिनेश राउतको सोसल ड्रामा ‘पुजार सार्की’मा व्यस्त छन् । त्यो सकिएपछि रावायण फ्लोरमा जानेछ । बिहीवार अभिनेता शाहको जन्मदिन हो । निर्देशक थापा र अभिनेत्री शर्मासहित फिल्मकर्मीले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।
File Photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP