सोमबार , अषोज २६, २०८३

काठमाडौं । कुवेतका अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । एन्फाको प्राविधिक कमिटीको सिफारिसमा उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । ४० वर्षीय अलमुताइरीले कम्तीमा एक वर्ष नेपाली फुटबल टिमलाई प्रशिक्षण दिनेछन् ।

विश्व फुटबल महासंघले सदस्य राष्ट्रलाई ‘प्रो लाइसेन्स’ भएकालाई मात्र नियुक्त गर्ने प्रावधान राखेपछि साविकका प्रशिक्षक बालगोपाल महर्जनले नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण गर्न प्राविधिक समस्या हुने भएको हो ।

महर्जनको विकल्पमा एन्फाले अलमुताइरीलाई प्रशिक्षक नियुक्त गरेको हो ।

नेपालले विश्वकप फुटबल छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलको तयारी गरिरहेको छ । यस क्रममा नेपालले चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डनजस्ता मुलुकको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP