शुक्रबार , भाद्र १२, २०८३

अस्ट्रेलियाको डार्विन शहरमा बस्ने गैर आवासीय नेपालीले पोखरामा हुने म्याराथनको लागी सत्र सय  अस्ट्रेलियन डलर  सहयोग गरेका छन भने गैर आवासीय नेपाली संघ ( NRNA) ले एक हजार डलर सहयोग गरेको छ ।  नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा भएको छ ।

शनिबार हुने म्याराथनका लागि सम्पूर्ण तयारी पुरा भएको र सहभागि धावकहरुका लागि नाम दर्ता समेत माघ २८ गते सकिएको आयोजकले बताएको छ । उक्त दर्ता अनुसार पोखरा म्याराथनको विभिन्न विधामा गरी नेपाल बाहेक १४ राष्ट्रका धावकले सहभागिता जनाउने भएका छन् । अस्ट्रेलियाको डार्विनबाट फुल म्यारथानमा प्रतिस्पर्धा गर्नको लागी चन्द्र प्रकाश गुरुङ पोखरा आउने भएका छन् भने १० कि.मि तर्फ दास्मी गुरुङ ले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा कुल ३१ विदेशी धावक रहेको जानकारी दिएको छ ।

म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

१० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP