शुक्रबार , भाद्र १२, २०८३

नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्जहरूले पार्टीले चलाएको अभियानका कारण माओवादीप्रतिको आकर्षण बढेको दाबी गरेका छन् ।

‘जनतासँग माओवादी अभियान’को समीक्षा प्रतिवेदन पेश गर्दै इन्चार्जहरूले माओवादीमा फेरि एकप्रकारको नयाँ लहर शुरू भएको बताए । ​​

आइतवारबाट काठमाडौंमा शुरू केन्द्रीय कमिटी बैठकको शुरूमा रिपोर्टङ गर्दै इन्चार्जहरूले जनतासँगको अन्तरक्रियाले माओवादी आगामी चुनावमा पहिलो दल बन्ने आधार तयार गरेको बताएका हुन् ।

उपत्यका विशेष कमिटीका इन्चार्ज वर्षमान पुनले आगामी चुनावमा माओवादीलाई पहिलो दलको रुपमा स्थापित गर्ने सम्भावना रहेको बताए ।

‘पार्टीले चलाएको अभियानले नयाँ उत्साह दिएको छ, विचार, संगठन र विधि प्रक्रियामार्फत महाधिवेशनमा जाँदा आगामी चुनावमा माओवादीलाई एक नम्बर बनाउने आधार छन्’, पुनले भने ।

कर्णाली प्रदेशका इन्चार्ज मात्रिका यादवले कर्णालीमा पार्टी सशक्त रहेको बताएका थिए । ‘कर्णालीमा काम गर्दा मलाई पनि नयाँ अनुभव भयो, पार्टी सशक्त छ, बाहिर प्रचार गरेजस्तो कमजोर भएको छैन’, यादवले भने ।

लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले पार्टी छाडेर जाने क्रम रोकिएर प्रवेशको लहर चलिरहेको दाबी गरे । ‘बाहिर प्रचार गरिएजस्तो माओवादी कमजोर भएको छैन, बरु पार्टी प्रवेशको लहर बढिरहेको छ’, शाक्यको भनाइ उद्धृत गर्दै लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालले भने ।

केही इन्चार्जहरूले भने पार्टीको नेतृत्वमा सरकार भए पनि कार्यकर्ता पंक्ति र जनतामा उत्साह नभएको टिप्पणी गरेका थिए ।

विधान सम्मेलनको तयारी स्वरूप माओवादीले केन्द्रीय समिति बैठक राखेको हो । इन्चार्जहरूको ब्रिफिङ पछिमात्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP