शुक्रबार , बैसाख ५, २०८२

काठमाडौं । दैलेखमा भएको सवारी दुर्घटनामा घाइते भएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य परीक्षण गरिएको छ ।

सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा पोखरेल सवार गाडी शनिबार सडकमा पल्टिँएको थियो । दुर्घटनामा घाइते भएका महासचिव पोखरेलमा थप समस्या भए नभएबारे आइतबार काठमाडौंमा थप परीक्षण गरिएको एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

“आज ट्रमा सेन्टरमा गइ उहाँको स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ”, अधिकारीले भने, “उहाँको तिघ्रा र हातमा समान्य चोट लागेको छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन ।”

महासचिव पोखरेल आइतबार नै सुर्खेतबाट काठमाडौँ आएका हुन् । जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका–१ चुप्रा नजिकै उहाँ सवार गाडी सडकमा पल्टेको थियो । गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा, कर्णाली प्रदेश कमिटी सचिव ध्रुव शाही पनि सवार थिए ।

गाडीमा रहेका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको भने हातमा चोट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP