सोमबार , बैसाख १, २०८२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता चाहिने बताएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रियता नै कमजोर बनाउने बताए । उनले शासन प्रणाली पारदर्शी र जवाफदेही हुँदामात्र भ्रष्टाचार न्यूनीकरण हुने उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारबाही गर्न सरकार तयार रहेको बताए । उनले सरकारले ठूला भ्रष्टाचारका घटनालाई अनुसन्धानको दायरामा ल्याउने काम गरेको उल्लेख गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा २ अंक माथि आउनुले पनि यो स्पष्ट भएको बताए । तर पनि अझै धेरै सुधार गर्नुपर्ने उनको भनाइ छ ।

 

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भने सार्वजनिक पदाधिकारीबाट अधिकार दुरुपयोग बढेको उल्लेख गरे । सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने नाममा समेत आर्थिक दुरुपयोग भइरहेको उनको टिप्पणी थियो । कानुनले निर्धारण गरेको जिम्मेवारीसमेत पूरा नगर्ने र मन्त्रिपरिषद्‌बाट निर्णय गराउने प्रवृत्तिले अनियमितता मौलाएको अख्तियार प्रमुखको भनाइ थियो ।सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रुपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो । तर, आयोगको अनुसन्धान क्षमतामाथि भने प्रश्न उठ्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८२ सोमबार 36 Views

सलमानलाई घरमै पसेर मार्ने धम्की

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु