सोमबार , अषोज २६, २०८३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता चाहिने बताएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रियता नै कमजोर बनाउने बताए । उनले शासन प्रणाली पारदर्शी र जवाफदेही हुँदामात्र भ्रष्टाचार न्यूनीकरण हुने उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारबाही गर्न सरकार तयार रहेको बताए । उनले सरकारले ठूला भ्रष्टाचारका घटनालाई अनुसन्धानको दायरामा ल्याउने काम गरेको उल्लेख गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा २ अंक माथि आउनुले पनि यो स्पष्ट भएको बताए । तर पनि अझै धेरै सुधार गर्नुपर्ने उनको भनाइ छ ।

 

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भने सार्वजनिक पदाधिकारीबाट अधिकार दुरुपयोग बढेको उल्लेख गरे । सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने नाममा समेत आर्थिक दुरुपयोग भइरहेको उनको टिप्पणी थियो । कानुनले निर्धारण गरेको जिम्मेवारीसमेत पूरा नगर्ने र मन्त्रिपरिषद्‌बाट निर्णय गराउने प्रवृत्तिले अनियमितता मौलाएको अख्तियार प्रमुखको भनाइ थियो ।सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रुपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो । तर, आयोगको अनुसन्धान क्षमतामाथि भने प्रश्न उठ्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP