सोमबार , अषोज २६, २०८३

 

काठमाडौँ । मधेश प्रदेशको प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव जितेका अनिरुद्रसिंह यादव पुनः जनता समाजवादी पार्टीमा फर्किन लागेका छन् । उनले २०७९ मा भएको चुनावमा टिकट नपाएपछि सप्तरी–४ (ख) बाट प्रदेशसभा सदस्यमा चुनाव जितेका थिए । सप्तरी–४ (ख) मा जसपाकी कार्यकारिणी सदस्य रेणु यादवका छोरा अभिषेक यादवले टिकट पाएपछि अनिरुद्र रुष्ट भएर स्वतन्त्रबाट चुनावमा उठेका थिए ।

अनिरुद्र स्वतन्त्रबाट चुनाव लडे पनि जसपाका कार्यकारिणी सदस्य एवम् राष्ट्रियसभाका सदस्य मृगेन्द्रकुमार सिंह यादवले उनलाई सघाएको रेणु यादवको आरोप रहेको छ । मृगेन्द्र र अनिरुद्र दाजु भाइ हुन् । चुनावमा मृगेन्द्रलगायत पार्टीका अन्य नेताहरूले पनि खुलेर अनिरुद्रलाई सघाएका कारण अभिषेक हारेको रेणु यादव पक्षले दाबी गर्दै आएको छ ।

चुनाव भएको एक वर्षपछि अनिरुद्र पुनः पार्टीमा फर्किन थालेका हुन् । माघ २७ गते सप्तरीमा एक कार्यक्रमको आयोजना गरी उनी जसपामा फर्किन थालेको बताइएको छ । स्रोतका अनुसार उनी मधेश सरकारमा शिक्षा मन्त्री पाउने भएपछि जसपामा रिटर्न हुन लागेका हुन् । जनमत पार्टीले शिक्षा मन्त्रालयबाट बाहिरिएपछि हाल सो मन्त्रालय खाली रहेको छ ।

१६ वर्षअघिको एउटा हत्या प्रकरणमा अनिरुद्र गत भदौ १८ गते पक्राउ परेका थिए । पक्राउपछि उनी प्रदेश सभाबाट निलम्बनमा परेका थिए । यादव एक डेढ महिना अगाडि अदालतबाट धरौटीमा रिहा भएका थिए ।

उनका छोरा बोदेबर्साइन नगरपालिकाका मेयर अतिशसिंह यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । अतिशसिंह अझै निलम्बनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP