मंगलबार , अषोज २७, २०८३

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन्। आइतबार बिहान हात्तीवनस्थित ठाकुरको निवासमा पुगेर पौडेलले उनीसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका हुन्।

नेता पौडेलको सचिवालय स्रोतले दिएको जानकारीअनुसार पौडेल ठाकुरलाई भेट्न साढे ९ बजे पुगेका थिए। उनीहरूबीच करिब आधा घन्टा कुराकानी भएको थियो। कांग्रेसले गत शुक्रबारको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको थियो।

साथै आफ्नै नेतृत्वमा सरकार बनाउने गरी अग्रसरता लिने निर्णय गरेको थियो। उक्त निर्णय भएको दुई दिनपछि पौडेलले आज ठाकुरसँग भेटवार्ता गरेका हुन्। उनीहरूबीच गठबन्धन बनाएर अगाडि जाने विषयमा छलफल भए पनि कुनै औपचारिक सहमति नभएको स्रोत बताउँछ।

पौडेलले कांग्रेस केन्द्रीय समिति बैठक बस्नुअघि उपसभापति विमलेन्द्र निधिलाई भावी प्रधानमन्त्री बन्न सभापति देउवालाई तयार बनाउन आग्रह गर्दै आफूले जसपा नेताहरूसँग कुराकानी गर्ने बताएका थिए। पौडेलले नयाँ सरकार बनाउन आफ्नो तर्फबाट अनौपचारिक छलफल थालेका छन्। प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याइने पनि पौडेलको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP