सोमबार , बैसाख ८, २०८२

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन्। आइतबार बिहान हात्तीवनस्थित ठाकुरको निवासमा पुगेर पौडेलले उनीसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका हुन्।

नेता पौडेलको सचिवालय स्रोतले दिएको जानकारीअनुसार पौडेल ठाकुरलाई भेट्न साढे ९ बजे पुगेका थिए। उनीहरूबीच करिब आधा घन्टा कुराकानी भएको थियो। कांग्रेसले गत शुक्रबारको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको थियो।

साथै आफ्नै नेतृत्वमा सरकार बनाउने गरी अग्रसरता लिने निर्णय गरेको थियो। उक्त निर्णय भएको दुई दिनपछि पौडेलले आज ठाकुरसँग भेटवार्ता गरेका हुन्। उनीहरूबीच गठबन्धन बनाएर अगाडि जाने विषयमा छलफल भए पनि कुनै औपचारिक सहमति नभएको स्रोत बताउँछ।

पौडेलले कांग्रेस केन्द्रीय समिति बैठक बस्नुअघि उपसभापति विमलेन्द्र निधिलाई भावी प्रधानमन्त्री बन्न सभापति देउवालाई तयार बनाउन आग्रह गर्दै आफूले जसपा नेताहरूसँग कुराकानी गर्ने बताएका थिए। पौडेलले नयाँ सरकार बनाउन आफ्नो तर्फबाट अनौपचारिक छलफल थालेका छन्। प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याइने पनि पौडेलको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP