सोमबार , अषोज २६, २०८३

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । मंगलवार महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्ने सरकारसँग माग गरेको हो ।

महासंघले चीनसँगका नाकाबाट आयात हुने सामान सहज रूपमा नेपाल भित्र नभित्रने र चीन जान नपाउँदा नेपाली व्यवसायीहरूको अर्बौँ रुपैयाँको सामान जोखिममा परेकाले व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको थियो । महासंघले व्यवसायीहरूलाई सहज रूपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकाबाट एउटा जिल्लाका व्यवसायीहरू मात्रै जान पाउने सिन्डिकेट हटाएर सबै व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गरिएको बताए । उनले धेरै सामान चीनबाट आयात हुने तर व्यवसायीहरू आफैँ जान नपाउँदा व्यवसायीहरू समस्यामा रहेको बताए ।

उनले  चीनबाट आयात हुने सामानहरू नाकामा फुट्ने,लामो समयदेखि आएर कुहिने हुँदा पनि व्यवसायीहरू नाका पारी जान नपाउने बताए । उनले समान ढुवानी गर्न,ट्रकमा सामान लोड गर्न समेत सम्बन्धित जिल्ला र स्थानीय सवारी साधन लैजानुपर्ने एकाधिकार हटाउन माग गृहमन्त्रीसँग गरिएको उल्लेख गरे ।

चीनसँग पारवहन सम्झौता भएको लामो समय हुँदा पनि कार्यान्वयन हुन नसकेको उनको भनाई थियो । अध्यक्ष कार्कीले गृहमन्त्रीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको जानकारी दिए ।

महासंघ उपाध्यक्ष लक्ष्मी खड्काले काठमाडौँमा व्यापार व्यवसाय गरिरहेका ७५ जिल्लाका व्यवसायीहरूले चीनबाट आयात गरेका सामान नाकामा उपस्थित भएर ल्याउनको लागि समस्या भएको बताइन् । उनले सरकारले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गरी नाका पारी जान पाउने व्यवस्था गर्न गृहमन्त्रीसँग माग गरिएको जानकारी दिइन् ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा रसुवा र सिन्धुपाल्चोक जिल्लाका व्यवसायीहरूले मात्रै नाकापारि जान पाउने व्यवस्था रहेको भन्दै त्यसलाई अन्य व्यवसायीहरूलाई पनि अस्थायी पासको व्यवस्था गरी आवतजावत गर्न माग गरिएको बताए । उनले चीनबाट आयात गरिएको सामान व्यवसायीहरूले हेर्न र लिन जान नपाएको बताए । २०१६ सालमा चीनसँग भएको पारवहन सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने उनको जिकिर थियो ।

व्यवसायीहरूले चीन नाकामा रहेका भन्सार तिर्न समेत झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले भन्सारमा सहज बनाउन र नाकामा सामान सहज रूपमा नेपालमा ल्याउने व्यवस्था गर्न बारम्बार ध्यानाकर्षण गर्दा समेत नभएको बताएका छन् । उनीहरूले रसुवा नाकामा सुख्खा बन्दरगाह तत्काल सञ्चालनमा ल्याउन समेत माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP