शुक्रबार , भाद्र १२, २०८३

बुटवल  । दुबईको प्रतिष्ठित व्यावसायिक समूह अल अली ग्रुपले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको छ । नेपाल स्थित डायमन्डको अन्तर्राष्ट्रिय ब्राण्ड अजायासँगको साझेदारीमा अल अली ग्रुपले नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी गर्न चाहेको हो । मंगलबार राजधानीमा अजाया डायमण्ड र अल अली ग्रुपबिच व्यावसायिक साझेदारीको घोषणा भएको छ । नेपाल आएका अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अली र नेपाल स्थित अजाया नेपालका अध्यक्ष राकेश कुमार अडुकियाले व्यावसायिक सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । यो समझदारीले विज्ञता र लगानीलाई एकै ठाउँमा ल्याएको हुँदा अजायाले छोटो समयमै विश्व बजारमा पहिचान बनाउने अपेक्षा गरेको छ । त्यसैगरी विश्वकै चर्चित पर्यटन गन्तव्य दुबईको अनुभवी एवं प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न यो समझदारीले प्रोत्साहित गर्ने बताएको । खासगरी विश्व बजारमा नेपाली हस्तकलाको प्रवर्द्धनमा पनि यो समझदारी कोसेढुंगा बन्न सक्ने अपेक्षा दुई पक्षले गरेको छ । अल अली ग्रुपले हस्पिटालिटी क्षेत्रमा पर्ने रिसोर्टमा लगानी गर्ने गरी नेपाल प्रवेश गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP