सोमबार , अषोज २६, २०८३

काठमाडौं । लघुवित्तपीडितले आगामी फागुन १ गतेदेखि आन्दोलन गर्ने भएका छन् । मंगलबार लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले पत्रकार सम्मेलन गर्दै फागुन १ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

उक्त आन्दोलनमा वरिष्ठ अधिवक्ता तथा राष्ट्रियसभाका पूर्वसांसद रामनारायण विडारीले साथ दिने बताए । विडारीले सरकारले पीडितलाई न्याय नदिए कडा आन्दोलन गर्ने बताए ।

“हजारौँको बलिदानपश्चात नयाँ व्यवस्था आए पनि नेपाली जनता आज पनि पञ्चायतीकाल जस्तो आर्थिक उत्पीडनमा पिल्सिरहेका छन्,” विडारीले भने, “राजतन्त्र र सामन्ती व्यवस्था गयो तर, गरिब जनता झन् शोषणको दलदलमा फस्नुको मुख्य कारण व्यवस्था फरक भए पनि पात्र सामन्ती नै छन् ।”

समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले विगत दुई वर्षदेखि अनवरत आन्दोलन गर्दै आएको र अब त्यसलाई निर्णायक मोडमा ल्याएको जानकारी दिए ।

“सरकारको आदेश तथा निर्णयलाई पनि नकार्ने राष्ट्र बैंक अझै पनि न्याय दिन तयार नहुनु, वार्तामा प्रतिनिधिसम्म नपठाउनु दुःखत विषय बनेको छ,” ज्ञवालीले भने । राष्ट्र बैंकका गर्भनर जनविरोधी र वित्तीय माफियाहरूको दलाल भएको ज्ञवालीले बताए ।

फागुन १ गते चितवनको मुग्लिनदेखि हजारौँ पीडितहरूसहित पैदल यात्रामार्फत राजधानी प्रवेश गरी न्याय नपाएसम्म धर्ना, जुलुस लगायतका कार्यक्रम गरेर निर्णायक संघर्ष गर्ने ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP