मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालये मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री साउदले अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने जनाएको हो ।

परराष्ट्रका अनुसार सुरुमा उनी अष्ट्रेलिया जानेछन् । अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्तरूपमा यही माघ २६ र २७ गते आयोजना गर्ने ‘सातौँ हिन्द महासागर सम्मेलन’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन् । सम्मेलन पर्थमा हुनेछ ।

परराष्ट्रमन्त्री साउदले माघ २७ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पर्थमा परराष्ट्रमन्त्रीले अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलियाबाट परराष्ट्रमन्त्री साउद न्युजिल्यान्ड जानेछन् । फागुन २ गते उनले न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उनी फागुन ३ गते स्वदेश फर्कने परराष्ट्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP