शुक्रबार , भाद्र १२, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले दाबी गर्ने बताएका छन्।

मंगलबार बसेको संसदीय दलको बैठकमा सांसदहरूको धारणामाथि जवाफ दिँदै उनले राष्ट्रिय सभाको ठूलो दलको हैसियतले अध्यक्षमा दाबी प्रस्तुत गर्ने बताएको सांसद माधव सापकोटाले जानकारी दिए।

‘बैठकमा बोल्ने अधिकांश सदस्यहरूको धारणा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले छाड्नु हुँदैन भन्ने रह्यो। प्रधानमन्त्रीले गठबन्धनको बैठकमा यसबारे कुरा राख्ने बताउनुभएको छ,’ उनले भने।

त्यस्तै बैठकमा बोल्ने सांसदहरूले राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले इमान्दारिता नदेखाएको बताएका थिए।

इमान्दारिता नदेखाएकैले मत ट्रान्सफर हुन नसकेको र कोशीमा पार्टीकी उम्मेदवार चम्पादेवी कार्की पराजित हुन पुगेको उनीहरूको भनाइ थियो।

‘संसद्को हिउँदे अधिवेशनमा दलका तर्फबाट सांसदहरूले प्रभावकारी भूमिका खेल्ने, विषय विज्ञहरूसँँग छलफल गर्ने, १६ औं पञ्चवर्षीय योजनाका सन्दर्भमा सांसदहरूसँग अन्तरक्रिया गर्ने लगायतका निर्णय भएका छन्,’ उनले भने।

फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षका लागि निर्वाचन हुँदैछ। नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा अध्यक्षमा दाबी गरिरहेको छ। कोशीबाट निर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा अध्यक्षका लागि आकांक्षी छन्।

राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ। १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ।

राष्ट्रिय सभामा जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक जना सदस्य छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्य अझै रिक्त छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP