सोमबार , चैत्र २४, २०८१

काठमाडौँ । नेपाली सेना तथा अमेरिकी सेनाबिच सञ्चालन हुने संयुक्त तालिम अभ्यास एक्स ब्यालेन्स नेल मंगलबारदेखि सुरु भएको छ । वि.सं. २०६० सालदेखि सञ्चालन हुँदै आएको एक्स ब्यालेन्स नेलको यो ४१ औँ संस्करण हो ।

संयुक्त तालिम अभ्यासमा नेपाली सेनाबाट ३६ जना तथा अमेरिकी सेनाका १० जना गरी जम्मा ४६ जना सम्मिलित छन् । उक्त तालिम अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा मिति २०८० फाल्गुण २४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, मंगोलिया, इन्डोनेसिया लगायत देशहरूका सैन्य सङ्गठनहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरूमा सहभागी हुँदै आएको  छ । यसै क्रममा आगामी फाल्गुण ०८ गतेदेखि २१ गतेसम्म श्री वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा ग्लोबल पिस इनिसिएटिभको सहयोगमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP