सोमबार , अषोज २६, २०८३

बुटवल  । चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा नयाँ चलचित्र ‘पार्वती’ बन्ने भएको छ । सुवेदीले  जन्मदिनको अवसर पारेर चलचित्र निर्माण घोषणा गरेका हुन् । सुवेदीकै लेखन र निर्माण समेत रहने चलचित्र सामाजिक प्रेमकथामा बन्न लागेको हो ।

सुवेदी निर्देशित पछिल्लो चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा छ । ‘सतीदेवी’ मा बाबु छोरीको सम्बन्धको कथा उठाएका सुवेदीले यस चलचित्रले प्रेमकथा उठाउने बताए। चलचित्रको टाइटल डिजाइनमा दुई युवतीको छायालाई देखाइएको छ। यो अर्थपूर्ण रहेको सुवेदीको धारणा छ ।

सामाजिक कथामा निर्माण हुने चलचित्रको छायाङ्कन जेठ महिनामा गर्ने तयारी रहेको सुवेदीले बताए। दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी हुन्।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने चलचित्रको प्रदर्शन २०८१ सालको महाशिवरात्रीमा गर्ने तय गरिएको छ। चलचित्रको वितरण श्रीराम बालाजी फिल्म्सका सुनिल मानन्धरले गर्नेछन् ।

नेपाली र अंग्रेजी भाषामा बन्ने चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरूको बारेमा भने अहिले खुलाइएको छैन। ‘गाउँले केटी मो’ स्लोगन दिइएको चलचित्र ‘पार्वती’ नारी प्रधान कथामा बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP