मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विचार गोष्ठीमा उनले यस्तो बताएकी हुन् ।

उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एकपटक सोच्नुपर्नेमा जोड दिइन् । वीर नेपाली भनेर चिनिने पहिचान अहिले फेरिएको उनको भनाइ छ ।

नेपाल भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको उनले उल्लेख गरिन् ।

“हामी अहिले कुन बाटोमा हिँडिरहेका छौँ ? यही बाटोमा हिँड्ने हो भने हाम्रो गन्तव्य के हुन्छ ? कस्तो थियो हाम्रो नेपाल ? भन्नुस् त,” उनले भनिन्, “वीर नेपाली भनेर चिनिन्थ्यो । भूगोल, नेचर, सांस्कृतिक सम्पदा, हिमाल, पहाड, तराई, नदी खोला कति राम्रो छ ।”

आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिएको उनको टिप्पणी छ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP