शुक्रबार , भाद्र १२, २०८३

भारतको दुई दिने भ्रमणमा दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्यहाँ रहेका नेपालीको अवस्थाबारे भारतका लागि नेपाली राजदूत शंकर शर्मासँग छलफल गरेका छन् ।

 

लामिछानेले राजदूत शर्मासँग दिल्लीस्थित नेपाली दूतावासमा भेटवार्ता गरेका हुन् । लामिछानेको सचिवालयले दिएको जानकारीअनुसार राजदूत शर्मासँग भारतमा रहेका नेपालीको अवस्था र उनीहरूको तथ्यांक व्यवस्थापनबारे छलफल भएको थियो ।

‘भारतका लागि नेपाली राजदूतसँग नेपाल-भारतबीचको आर्थिक, सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउनेसहित भारतमा रहेका नेपालीको अवस्था, उनीहरूको तथ्यांक व्यवस्थित गर्नेबारे छलफल भएको थियो,’ लामिछानेको सचिवालयले भन्यो ।

शनिबार दिल्ली पुगेका लामिछाने सोमबार बिहान नेपाल फर्किने कार्यक्रम छ । उनीसँग रास्वपाका उपसभापति डीपी अर्याल पनि दिल्ली गएका छन् ।

पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिएर सभापति लामिछाने भारत भ्रमणमा गएका हुन् । ‘भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा भाग लिन’ सभापति लामिछाने र उपसभापति अर्याल भारत भ्रमणमा गएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP