शुक्रबार , बैसाख ५, २०८२

भारतको दुई दिने भ्रमणमा दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्यहाँ रहेका नेपालीको अवस्थाबारे भारतका लागि नेपाली राजदूत शंकर शर्मासँग छलफल गरेका छन् ।

 

लामिछानेले राजदूत शर्मासँग दिल्लीस्थित नेपाली दूतावासमा भेटवार्ता गरेका हुन् । लामिछानेको सचिवालयले दिएको जानकारीअनुसार राजदूत शर्मासँग भारतमा रहेका नेपालीको अवस्था र उनीहरूको तथ्यांक व्यवस्थापनबारे छलफल भएको थियो ।

‘भारतका लागि नेपाली राजदूतसँग नेपाल-भारतबीचको आर्थिक, सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउनेसहित भारतमा रहेका नेपालीको अवस्था, उनीहरूको तथ्यांक व्यवस्थित गर्नेबारे छलफल भएको थियो,’ लामिछानेको सचिवालयले भन्यो ।

शनिबार दिल्ली पुगेका लामिछाने सोमबार बिहान नेपाल फर्किने कार्यक्रम छ । उनीसँग रास्वपाका उपसभापति डीपी अर्याल पनि दिल्ली गएका छन् ।

पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिएर सभापति लामिछाने भारत भ्रमणमा गएका हुन् । ‘भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा भाग लिन’ सभापति लामिछाने र उपसभापति अर्याल भारत भ्रमणमा गएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP