शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले अहिलेको व्यवस्थाका कारण मुलक अप्ठ्यारो अवस्थामा रहेको जिकिर गरे । मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौताको खाँचो रहेकामा उनले जोड दिए ।

धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता खारेजीको राप्रपाले गरेको माग मुलुकलाई पछाडि धकेल्ने विषय नभएको उनको भनाइ छ । उनले हिजो र आजका राम्रा कुरालाई लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने बताए । माओवादीदेखि राजासम्म सबै रहने व्यवस्था हुनुपर्ने उनको धारणा छ ।

गणतन्त्रको १५ वर्ष नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काममा प्रयोग भएको तर्क उनले गरे ।

आफ्ना माग पूरा गराउन राप्रपाले छिट्टै आन्दोलन गर्ने उनले बताए । उनले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे । हिमालयन टेली भ्वाइस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP