शुक्रबार , बैसाख ५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले अहिलेको व्यवस्थाका कारण मुलक अप्ठ्यारो अवस्थामा रहेको जिकिर गरे । मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौताको खाँचो रहेकामा उनले जोड दिए ।

धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता खारेजीको राप्रपाले गरेको माग मुलुकलाई पछाडि धकेल्ने विषय नभएको उनको भनाइ छ । उनले हिजो र आजका राम्रा कुरालाई लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने बताए । माओवादीदेखि राजासम्म सबै रहने व्यवस्था हुनुपर्ने उनको धारणा छ ।

गणतन्त्रको १५ वर्ष नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काममा प्रयोग भएको तर्क उनले गरे ।

आफ्ना माग पूरा गराउन राप्रपाले छिट्टै आन्दोलन गर्ने उनले बताए । उनले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे । हिमालयन टेली भ्वाइस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP