शुक्रबार , बैसाख ५, २०८२

१२ माघ, बुटवल  । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ११.३ ओभरमा ६ विकेट गुमाउँदै ४३ रन बनाएको छ ।

आकाश चन्दले ५.३ ओभरमा ९ रन खर्चेर ५  विकेट लिएका छन् । गुल्शन झा ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिएका छन् ।

नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गरे । उनी टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए ।

आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

त्यसपछि आकाश चन्दले थप तीन विकेट लिँदै अफगानिस्तानलाई संकटमा पुर्‍याएका छन् । जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे । त्यसपछि सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४-५ को दयनीय अवस्थामा पुर्‍याएका आकाशले २० रन बनाएका हसन इशाखिललाई आउट गर्दै आफ्नो पाँचौं विकेट लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP