मंगलबार , बैसाख २९, २०८३

बुटवल । अमेरिकाका एक नेपाली व्यवसायीले नेपालस्थित महावीर पुनको आविष्कार केन्द्रलाई उपहार स्वरूप पठाउन लागेको एक सानो हवाई जहाज अमेरिकामै चोरी भएको थियो । चोरी भएको केही समयपछि उक्त जहाज जलाइएको अवस्थामा फेला परेको छ । अमेरिकामा बसोबास गर्ने नेपाली व्यवसायी अनीश प्रधानले उक्त हवाई जहाज आविष्कार केन्द्रलाई सहयोग स्वरूप नेपाल पठाउन लागेका थिए । नेपाल पठाउनका लागि जहाजको इन्जिनसहितका पार्टपुर्जाहरू खोलेर एउटा कन्टेनरमा राखिएको थियो । जहाज राखिएको उक्त कन्टेनर नेपाल पठाउने प्रक्रिया पनि सुरु भइसकेको थियो । तर, नेपाल पठाउनुअघि नै कन्टेनरसहित उक्त जहाज चोरी भएको समाचारमा जनाएको छ । जहाजसहितको उक्त कन्टेनर जनवरीको पहिलो साता अमेरिकाको टोरेन्सबाट चोरी भएको बताइएको छ ।

नेपाल पठाउने प्रक्रियामा रहेको विमानसहितको कन्टेनर चोरी भएपछि अनीशले स्थानीय प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले अघि बढाएको अनुसन्धानका क्रममा एउटा ट्रकले उक्त कन्टेनरलाई तानेर लगेको सीसीटीभी फुटेजमा देखिएको थियो ।

तर, प्रहरीले पनि चोरको विषयमा थप केही पत्ता लगाउन सकेको थिएन । यो घटना उक्त क्षेत्रमा व्यापक चासोको विषय बनेको थियो । त्यसको केही समयपछि प्रहरीले सामाजिक सञ्जालमार्फत एउटा तस्बिर फेला पारेको थियो । उक्त तस्बिरमा एउटा कन्टेनर जलाइएको अवस्थामा देखिएको थियो ।

पछि अनीशले तस्बिरमा देखिएको कन्टेनर आफ्नै भएको पुष्टि गरेका थिए । ‘म निकै निराश भएको छु । चोरले गेटको ताला फुटाएर जहाजसहितको कन्टेनर चोरेर लग्यो,’ अनीशले भनेका छन् । उनले लामो समयदेखि अमेरिकामा साना प्लेनको पाइलटको प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएका छन् ।

उनी आफ्नो प्रशिक्षण केन्द्रमा विमानको मर्मत सम्भार पनि गर्छन् । अनीशका अनुसार, चोरी भएको प्लेन नेपालमा सञ्चालित आविष्कार केन्द्रमा पठाएर आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई पाइलटको प्रशिक्षण दिने योजना बनाइएको थियो ।

‘मैले यो जहाज बनाउन निकै परिश्रम गरेको थिएँ । चोरले हामी धेरैको सपना भताभुङ्ग पारेको छ,’ सञ्चारकर्मीसँगको कुराकानीमा अनीशले भनेका छन् । नेपाल पठाउने तयारीमा रहेको उक्त जहाजको लम्बाई २२ फिट र चौडाइ ३५ फिट रहेको थियो । जहाजको तौल भने एक हजार पाउण्ड्सभन्दा बढी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP