शनिबार , असार १३, २०८३

बुटवल  । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनकाे मतदान बहिष्कार गरेका छन् । राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा जारी मतदानमा बालेन सहभागि छैनन् । काठमाडाैं महानगरकी उपप्रमुख सनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन् ।

बालेनले व्यस्तताकाे कारण देखाउँदै मतदान बहिस्कार गरेका छन् । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले कार्य व्यस्तताको कारण मतदान गर्न नगएकाे प्रतिक्रिया दिएका छन् ।

‘कार्य-व्यस्तताका कारण उहाँ (बालेन्द्र ) मतदानमा जान नभ्याउने हुनुभएको हो’, उनले भनेका छन् ।

मेयर बालेनले यसअघि पनि मंसिर ४ गते भएको प्रदेशसभा चुनावलाई पनि बहिस्कार गरेका थिए ।

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट रिक्त ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

जसमा सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिड्दै छन् ।

यता, एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपाङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई उम्मेदवार बनाएको छ ।

यस्तै, निर्वाचनमा राप्रपाबाटे महिलातर्फ बालिका डल्लाकोटी, अन्यतर्फ हेमजङ्ग गुरुङ र अपाङ्गतर्फ भरतमणि भट्टको उम्मेदवारी परेको छ भने नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ सङ्गीता नेपाली, अपाङ्गतातर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP