शनिबार , असार १३, २०८३

बुटवल । पछिल्लो समय विश्वभर अनौठा अनौठा प्रतिस्पर्धा भइरहेका छन् । हालै मात्र अमेरिकी दही ब्रान्ड सिग्गी डेरीले नयाँ खाले प्रतिस्पर्धाको घोषणा गरेको छ । मानिसहरूमा जति बेला पनि मोबाइल र स्क्रिनमा टाँसिएर बसिरहने बानी विकास भइरहेको बेलामा यो प्रतिस्पर्धा सबैलाई जरुरी हुनसक्छ । प्रतिस्पर्धामा सहभागीहरूले एक महिनासम्म मोबाइल फोनसँग सम्बन्ध विच्छेद गरेर बस्नुपर्नेछ । यसको भाग्यशाली विजेताले १० हजार डलर अर्थात १३ लाख ३३ हजार नेपाली रुपैयाँ पाउँनेछन् । सिग्गीले यो प्रतिस्पर्धाको नाम ‘डिजिटल डिटक्स प्रोग्राम’ राखेको छ । यस प्रतियोगितामा एक महिनाका लागि प्रतियोगीहरूले मोबाइल फोनसँग टाढिएर बस्नुपर्नेछ । यस्तो गर्न सक्ने मध्ये १० भाग्यशाली विजेतालाई छानेर यो पुरस्कार दिइनेछ । ‘ड्राई जनवरी’ अर्थात् जनवरी महिनाभरि नै रक्सी छुँदै नछुने अभियानबाट प्रेरित भएर कम्पनीले यो प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतिस्पर्धामा सहभागिताका लागि छानिएका व्यक्तिहरूले आफ्नो स्मार्टफोनलाई एउटा बाकसमा सुरक्षित रूपमा राखेर एक महिनासम्म एनालग जीवन बिताउनेछन् । डिजिटल ब्रेकको बदलामा विजेताहरूले १० हजार अमेरिकी डलर, आकस्मिक समयका लागि भने प्रिपेड सिम कार्ड, एउटा दोबार्न मिल्ने फोन दिइनेछ । विजेताहरूले यी पुरस्कारको साथमा तीन महिनासम्म निःशुल्क रूपमा सिग्गी दही पनि पाउनेछन् । यो वर्ष आफूहरूले नयाँ खालको ‘ड्राई जनवरी’ प्रस्तुत गर्न थालेको कम्पनीले प्रतियोगिताको घोषणा गर्ने क्रममा आफ्नो वेबसाइटमा भनेको छ । यसमा एक महिनासम्म जाँड रक्सीबाट टाढा रहनुको सट्टा स्मार्टफोनलाई नछुने चुनौती दिइनेछ । कमभन्दा कम डिस्ट्र्याक्सनको साथमा जीवन जिउने शक्तिमा हाम्रो विश्वास छ’ वेबसाइटमा भनिएको छ । यो प्रतिस्पर्धामा सहभागिता जनाउन चाहनेहरूले जनवरी ३१ सम्ममा आवेदन दिन सक्नेछन् । डिजिटल लाइफबाट पूरै छुट्टी सकाएर पुरस्कार राशि जित्न तयार भएकाहरूले सिग्गीको वेबसाइटमा आवेदन दिन सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP