मंगलबार , अषोज २७, २०८३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम करार व्यवस्थापनबाट सञ्चालन गरिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

निगमलाई करार व्यवस्थापनमा लैजान मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाएको एक साता भइसकेको उनले जानकारी दिए ।

“यस्तै स्थिति राख्न सकिँदैन । निगमले कतिजनालाई बिलो (अंश) बाँडेर खाने हो ? कतिलाई दक्षिणा दिने हो ? यो निगमले कतिजना पाल्ने हो ?,” मन्त्री किरातीले प्रश्न गरे ।

उनले अगाडि भने, “करार व्यवस्थापनमा जानैपर्छ । त्यसको लागि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको एक साता भएको छ । एकैपटक करार व्यवस्थापनमा नभए आवश्यक छलफल गरेर जानुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP