
शुक्रबार सार्वजनिक खेलतालिका अनुसार ९ माघमा पोखरा रंगशालमा सहारा र थ्रीस्टारबीच पहिलो खेल हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।प्रतियोगिता खेल्न यसअघि भारतको दिल्ली दिल्ली एफसी आउने भनिनएपनि अन्तिम समयमा नआउने भएको छ । उसको सट्टा नेपालकै विभागीय टोली एपीएफले भाग लिने भएको छ । भुटानको लिग च्याम्पियन पारो एफसी प्रतियोगिताको एक मात्र विदेशी टिम हुनेछ ।
माघ ९ गते सुरु हुने प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच हुनेछ । दुई ए डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागिय टोली नेपाल एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच माघ १२ गते प्रतिस्पर्धा हुनेछ ।साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको २३ औं सस्करणको फाइनल माघ २० गते हुनेछ ।
गत वर्ष फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई हराउँदै संकटाले उपाधि जितेको थियो ।