सोमबार , अषोज २६, २०८३

नयाँ दिल्ली (एएनआई)- चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् ।

कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

उनको स्वास्थ्य अवस्था झन झन बिग्रिदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए ।

खेलाडी तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि उनका परिवारजनको परीक्षण गर्दा भने सङ्क्रमण नभएको देखिएको छ ।

शुक्रबार उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मेरो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउँदै स्वास्थ्य लाभको कामना गर्नुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”

उनले चिकित्सकहरुको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफु चाँडै नै निको भएर घर फर्किने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP