मंगलबार , अषोज २७, २०८३

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ र, आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिले सरकार गठनबारे अलमल अन्त्य गरेको हो । आफूले विघटन गरेको संसद अदालतबाट पुनस्र्थापना भएपछि प्रधानमन्त्रीले नैतिक र राजनीतिक रुपमा राजीनामा दिनुपर्ने भएपनि नदिएकाले राजीनामा मागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

१७ वैशाख २०७७ मा यो सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको ठहर गरेको स्मरण गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संविधान र जनविरोधी क्रियाकलाप जारी राख्यो र हुँदाहुँदा दलभित्रको द्वन्द्व हल गर्ने क्षमता नराखेर प्रतिनिधिसभा विघटन गर्ने असंवैधाकि कदम चाल्यो ।’

संसद पुनस्थापना भएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने अपेक्षा गरेको भए पनि त्यसो नभएकाले राजीनामा माग गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

केन्द्रीय कार्यसमितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता शर्माले अघि भने, ‘प्रतिगमन भएको थियो र वर्तमान सरकारलाई विस्थापन गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्ने दलहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउने सन्दर्भमा एकठाउँमा उभिएर विकल्पमा जानुपर्छ ।’

माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि प्रस्ताव गर्दै आएको छ भने कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष पाि देउवाको नेतृत्वमा सरकार गठन गर्न सहमत छ । तर सभापति देउवाले, ३२ सिट भएको जनता समाजवादी पार्टी (जसपा) मा देखिएको मतभेदलाई देखाउँदै नेतृत्व लिन परिपक्क वातावरण नबनेको बताउने गरेका थिए ।

पार्टीभित्र बाटै दबाव बढ्नुका साथै सभापति देउवाममा पनि सरकारको नेतृत्व गर्ने आश पगाएका कारण कांग्रेस निर्णयमा पुगेको एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP