मंगलबार , बैसाख २९, २०८३

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सांसदबाट हटाउने तयारी भएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदबाट नै हटाउने तयारी गरेका हुन् ।

ओलीनिकट सांसद खगराज अधिकारीले सांसदबाट नै हटाउन लागिएको खुलासा गरेका हुन् । उनले ऋषि धमलासँगको रेडियो एनआरएनसँगको अन्तवार्तामा भने,‘देशी विदेशी प्रतिक्रियावादीसँग मिलेर षड्यन्त्र गर्नेलाई किन सांसद राखिरहनुपर्यो र ?’ उनले नेपाल कम्युनिस्ट नभएको आरोप समेत लगाए ।

माधव नेपालको कार्यशैली देश, जनता र पार्टी हितविपरित भइरहेकाले सांसद पदमा समेत नराखिने बताए । उनले नेपालमाथि प्रचण्डको नर्सरी भएको आरोप समेत लगाए । माधव नेपाललाई कुनै हालतमा नेता मान्न नसकिने उनको भनाई थियो ।

यसअघि ओलीले नेपाललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए । त्यसपछि उनले समानान्तर कमिटी गठन गरेका छन् । नेपाललाई अब सांसद पदबाटै हटाउने तयारी बढेको छ ।

यसैगरी, माधव नेपालनिकट नेता भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि सांसदबाट हटाउने तयारी भएको छ । उनीहरुलाई यसअघि पार्टीबाट निलम्बन गर्ने निर्णय ओलीले गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP