शनिबार , भाद्र १३, २०८३

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय नगर्ने भएको छ । शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा दलहरुसँग भएको वार्ताको ब्रिफिङ हुनुका साथै पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण भएको नेताहरुले बताएका छन् ।

अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने निर्क्यौल गर्न दलहरुले केही समय माग गरेकाले समर्थन फिर्ताबारे निर्णय नभएको नेता श्रेष्ठले बताए ।

‘यो सरकारलाई हाम्रो समर्थन छैन । प्राविधिक रुपमा पत्र लेख्न मात्र बाँकी हो’ उनले भने, ‘हामी सबै राजनीतिक पार्टीहरुलाई आ-आफ्नो कुरा प्रष्ट ल्याउन आग्रह गर्छौं । केपी ओलीकै सरकारमा जानु छ, समर्थन छ भने गरे हुन्छ ।’

माओवादी नेता श्रेष्ठले भने, ‘हाम्रो लाइन प्रष्ट छ, केपी ओली नेतृत्वको सरकार विस्थापित गर्न चाहन्छौं र संसदलाई पूरा अवधि क्रियाशील बनाउन चाहन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP