सोमबार , बैसाख ८, २०८२

काठमाडौं । वर्तमान राजनीतिक परिस्थितिबारे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । जसपा संघीय परिषद अध्यक्ष भट्टराई र अध्यक्ष यादव देउवालाई भेट्न बुधबार बूढानीलकण्ठ पुगेका थिए । बूढानीलकण्ठ स्रोतका अनुसार भेटमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा देउवा, भट्टराई र यादवबीच करिब एक घण्टा छलफल भएको थियो ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा र भट्टराईसँग छुट्टाछुट्टै भेटेपछि बुधबार उनीहरुबीच छलफल भएको हो । भेटमा वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्प दिने विषयमा देउवालाई अग्रसरताका लिन भट्टराई र यादवले आग्रह गरेको स्रोतको भनाई छ । जवाफमा देउवाले पार्टी वैकल्पिक सरकारको पक्षमा उभिने संस्थागत निर्णय गराउन भट्टराई र यादवलाई भनेका थिए । भट्टराई र यादवले जसपाभित्र प्रधानमन्त्री ओलीले खेल्न खोजेको भएपनि जसपा वैकल्पिक सरकारको पक्षमा उभिने विश्वास दिलाएका थिए ।

तर जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने प्रधानमन्त्री ओलीसँग सहकार्यका लागि निरन्तर वार्तामा छन् । जसले देउवालाई झस्काएको देखिन्छ । आजको छलफलमा उनले जसपा एक मतका साथ प्रस्तुत हुने वातावरण निर्माण गर्न देउवाको आग्रह थियो ।​ काँग्रेस वैकल्पिक सरकारको पक्षमा रहेको भन्दै आफू परिपक्व परिस्थितिको प्रतिपक्षमा रहेको बताएका थिए । यता देउवा, भट्टराई र यादव बीचको भेटवार्तापछि माओवादी केन्द्रले भोलि बिहानका लागि स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठकमा सरकारबाट समर्थन फिर्ता लिने विषयमा छलफल हुने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भनाइ छ । प्रतिनिधिसभा पुनःस्थापना भएको एक महिनापछि माओवादी केन्द्रले समर्थन फिर्ता लिने सुरसार थालेपछि अब वैकल्पिक सरकार निर्माणको प्रक्रिया सुरुवात भएको देखिएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत दिनुपर्ने संवैधानिक प्रावधान छ । यतिबेला प्रदेशहरूमा पनि माओवादी र एमालेले एक अर्काको नेतृत्वमा रहेका सरकारबाट समर्थन फिर्ता लिने क्रम जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP