मंगलबार , बैसाख २९, २०८३

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने २२० केभी गोंगर–न्यू खिम्ती प्रसारण लाइन तयार भएको छ । तामाकोसी आयोजनाको लट–४ अन्तर्गत विद्युतगृह रहेको दोलखाको गोंगरदेखि रामेछापको देवीटारस्थित न्यू खिम्ती सबस्टेसनसम्म ४७ किलोमिटर लामो प्रासारण लाइन तयार भएको हो ।

प्रसारण लाइनको १२७ टावर मध्ये १ सय २६ वटा खडा भइसकेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । ‘प्रसारण लाइनका सबै १२७ वटा टावर पहिले नै खडा भइसकेका थिए,’ उनले ऊर्जा खबरसँग भने, ‘कमजोर भौगोलिक अवस्थाका कारण सिंगटीमा निर्माण भएको २२ नम्बर टावर ढलेपछि फेरि नयाँ टावर ठड्याउनु पर्यो ।’

उनले प्रसारण लाइनको ढलेको टावरको सट्टा नयाँ टावर ठड्याउन जग खनेर सकिएको बताए । बैशाख पहिलो साताभित्रमा ढलेको टावरको सट्टामा नयाँ टावर खडा भइसक्ने पनि उनले बताए ।

प्रसारण लाइनको तार तान्ने काम पहिले नै सम्पन्न भइसकेको छ । रामेछापमा प्रसारण लाइनको तानमुनिको जग्गाको क्षतिपूर्ति वितरणका सम्बन्धमा थोरै विवाद रहेकामा छलफलबाट समाधान हुने चरणमा पुगेको उनले बताए ।

यस्तै, आयोजनाले निर्माण गरिरहेको २२०/१३२ केभी न्यू खिम्ती सबस्टेसन पनि पूरा हुने चरणमा पुगेको छ । सबस्टेसनको ४ वटा मल्टि सर्किट टावरमध्ये २ वटा तयार भइसकेको न्यौपानेले जानकारी दिए ।

एउटा मल्टि सर्किट टावर अबको ४ दिनभित्र सम्पन्न हुँदैछ । बाँकी रहेको एउटा मल्टि सर्किट टावर पनि मध्य बैशाखसम्ममा पूरा हुँदैछ । सबस्टेसनमा ट्रान्सफर्मर जडानको काम समेत सकिएको छ ।

सबस्टेसन यसअघि नै सम्पन्न भइसक्ने तालिका भए पनि कोरोना (कोभिड–१९) नियन्त्रण गर्न गरिएको लकडाउन तथा निशेधाज्ञाले निर्माण प्रभावित हुँदा समय लागेको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले जनाएको छ ।

‘बैशाखभित्र तामाकोसीको पहिलो युनिट (७६ मेगावाट) राष्ट्रिय प्रणालीमा जोड्ने तयारी छ । त्यसअघि नै बाँकी काम सम्पन्न गरी प्रसारण लाइन र सबस्टेसन चार्ज गर्नुपर्छ’ उनले भने । यही प्रसारण लाइनमार्फत तामाकोसीको विद्युत न्यू खिम्ती सबस्टेसनससम्म आइपुग्नेछ ।

यहाँबाट आवश्यकताअनुसार काठमाडौं तथा खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४ सय केभी ढल्केबर सबस्टेसनसम्म पुर्याएर देशका अन्य भाग एवं भारततर्फसमेत निर्यात गर्न सकिनेछ ।

भारतको केइसी इन्टरनेशनल कम्पनीले प्रसारण लाइन र सबस्टेसन निर्माण गरेको हो । पछिल्लो तालिकाअनुसार बैशाखभित्र आयोजनाको पहिलो युनिट र असारसम्ममा बाँकी ५ युनिट पनि सञ्चालनमा ल्याउने तयारी कम्पनीले गरिरहेको छ ।

अहिले आयोजनाको बालुवा थिग्राउने पोखरी (डिसेन्डर) को परीक्षण भइरहेको छ । विद्युत उत्पादन सुरु गर्नु अघि कुनै समस्या भए÷नभएको पहिचान गर्न पोखरीमा पानी भरेर परीक्षण गरिरहेको न्यौपानले बताए ।

तामाकोसी नदीको पानी यही पोखरीमा थिग्राएर मुख्य सुरुङ हुँदै विद्युतगृहमा लगेर खसाली विद्युत उत्पादन सुरु गरिनेछ । बाँधको पनि पहिले नै परीक्षण सकिएको छ ।

उनले एक्सपान्सन ज्वाइन्ट पाइपको विकल्पमा मुख्य सुरुङबाट तीव्र बेगमा आउने पानीलाई विद्युतगृहमा जडान भएको टर्वाइनमा खसाल्नुअघिको उच्च गति व्यवस्थापन गर्न गरिने वेल्डिङका लागि आवश्यक उपकरण तथा सामाग्री आयोजना स्थलमा आइसकेको जानकारी दिए । चैतभित्र वेल्डिङपछिको ढलान कार्य पूरा गरिँदैछ ।

भारतीय कम्पनीले सुरुको डिजाइनअनुसारको एक्सपान्सन ज्वाइन्ट पाइप उत्पादन गर्न नसकेपछि गत पुसमा डिजाइन परिवर्तन गरिएको थियो ।आयोजनामा एउटा निश्चित (फिक्स) र अर्को झिक्न मिल्ने गरी २ वटा एक्सपान्सन ज्वाइन्ट पाइप राख्ने सुरुको डिजाइन रहेकामा अन्र्राष्ट्रिय परामर्शदाताको सिफारिसमा फिक्स डिजाइनमात्रै परिवर्तन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP