सोमबार , बैसाख ८, २०८२

नेकपा माओवादी केन्द्रका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सरकार गठनबारे प्रष्ट निर्णय दिन आग्रह गरेका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । भेटमा प्रचण्डले मिलेर सरकार बनाउने कि नबनाउने फाइनल गर्न आग्रह गरेका छन् । देउवाले भने भोलि जनता समाजवादी पार्टी (जसपा) नेताहरुसँग कुरा गर्ने र पर्सि निर्णय लिने जवाफ दिएको स्रोतको दाबी छ ।

माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि प्रस्ताव राख्दै आएको छ । कांग्रेस नेताहरु पनि देउवाको नेतृत्वमा सरकार बनाउन एकमत देखिएका छन्, तर जसपाले निर्णय नगरेको भन्दै देउवाले पहल लिएका छैनन् ।

जसपामा भने दुई धार छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहितका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्वादमा छन् भने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र महतोलगायतका नेताहरु कुनै हालतमा ओली सरकारको विकल्प दिनुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP