सोमबार , अषोज २६, २०८३

मुम्बई । प्रभास स्टारर फिल्म ‘सालार’ ले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबार यो फिल्म विश्वभरका हलमा रिलिज भएको छ । रिलिज हुने बित्तिकै फिल्मले कमाईका हिसाबले धेरै रेकर्ड तोडेको छ । रिलिजको पहिलो दिन फिल्मले बक्स अफिसमा करिब ८० करोडको ग्रान्ड ओपनिङ गरेको थियो ।

एक दिनअघि रिलिज भएको शाहरुख खान स्टारर फिल्म ‘डङ्की’लाई प्रभासको फिल्म सालारले ठूलो प्रतिस्पर्धा दिइरहेको छ । रिलिजको दोस्रो दिन सालारको बक्स अफिस कलेक्सनमा उछाल आएको छ । फिल्मले सातादेखि राम्रो कमाई गरिरहेको छ । साउथ सुपरस्टार प्रभास स्टारर सालार एक पूर्ण एक्सन प्याक फिल्म हो, जसले देशभरका थिएटरहरूमा दर्शकहरूबाट धेरै माया पाइरहेको छ।

सालारको धमाकेदार ओपनिङले बक्स अफिसमा हलचल मच्चाएको छ । चलचित्र रिलिज हुनेबित्तिकै चलचित्र हेर्न नजिकका थिएटरमा मानिसहरुको घुइँचो लागेको छ । प्रदर्शनको पहिलो दिन देशका धेरै हलमा शो हाउसफुल रह्यो । ओपनिङ डे जस्तै फिल्मले दोस्रो दिन पनि कमाइ गर्ने क्रम जारी राखेको छ । दोस्रो दिनको कमाईको कुरा गर्ने हो भने सालारले विश्वभर करिब १८० देखि २०० करोड भारु कमाईसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

बाहुबली र बाहुबली २ पछि सालार पनि प्रभासको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा पर्न सक्छ। सालारलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । फिल्ममा प्रभासका अलावा श्रुति हसन, पृथ्वीराज सुकुमारन, जगपति बाबु र टिनु आनन्द जस्ता स्टारहरू पनि महत्त्वपूर्ण भूमिकामा छन्।

प्रभासको सालारले अग्रिम बुकिङको मामिलामा शाहरुखको डंकी पनि पछाडि छोडेको थियो। यति मात्र होइन, सालार यो वर्ष अमेरिकामा सबैभन्दा धेरै अग्रिम बुकिङ भएको भारतीय फिल्म बनेको छ । फिल्मले भारतमा एडभान्स बुकिङमार्फत करिब ४९ करोड भारुको ठूलो कलेक्सन गरेको छ । यो कमाईको आंकडा एक दिन अघि बक्स अफिसमा रिलिज भएको शाहरुख स्टारर फिल्म डङ्कीको ओपनिङ कलेक्शनभन्दा बढी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP