मंगलबार , अषोज २७, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्न नचाहेको आरोप लगाएका छन् ।

सर्वोच्चले पार्टी फेरि एकता गर्ने भए १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जान भने पनि प्रचण्डले चासो नदिएको बताए । आफूले फैसला आएकै दिन टेलिफोन गरेर छलफल गरौं भन्दा केन्द्रीय कमिटीको बैठक बसेर खबर गर्छु भनेको तर पछि इच्छा छैन भनेर मजाक गरेको ओलीले बताए ।

सर्वोच्चले पार्टी एकता खारेज गरेको भन्नु ठीक नभएको ओलीले टिप्पणी गरे । ‘एकता बाँकी थियो र भंग गर्ने अदालतले ?’ मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा उनले प्रश्न गरे, ‘अध्यक्ष निकालिसकेको छ । दलको नेता निकालिसकेको छ । दलको नेतालाई साधारण सदस्यबाट निकालेको छ । मैले फोन गरेकोलाई मजाक गर्ने इच्छा छैन भनेर, ठीक छ नि त आफ्नो आफ्नो पार्टी चलाउने ।’

उनले अघि भने ‘त्यहाँ एकता बाँकी थियो भनेर ढाँट कुरा गर्ने ?’उनले भने, ‘ …ठीक छ नि त आआफ्नो पार्टी चलाऔं ।’ आफूले फोन गर्दा चासो नदिने अनि अदालतले फुटाइदियो भन्नु उचित नहुने प्रचण्डले बताए ।

मंगलबार पुनरावेदन निवेदन लिएर प्रचण्ड अदालत गएको विषयमा टिप्पणी गर्दै ओलीले भने ‘अदालत मजाक गर्ने ठाउँ हो र ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP