सोमबार , अषोज २६, २०८३

काठमाडौं, ४ मंसिर । निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका-२ का विशेष जोशी पक्राउ गरेको हो ।

श्रेष्ठमाथि दुर्व्यवहार गरेकाे भिडियाे मंगलबार बेलुका सामाजिक संजालमा भाइरल भएकाे थियाे । श्रेष्ठ बाटोमा हिँड्दै गर्दा बाइकमा आएका केही व्यक्तिले उनीमाथि दुर्व्यवहार गरेका थिए ।

उनले खिचेका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान गरिरहेकाे ब्युरोका प्रहरी नायब उपरीक्षक पशुपति रायले जानकारी दिनुभयाे । अर्का व्यक्तिको खोजी भइरहेकोकाे प्रहरी नायब उपरीक्षक रायले बताउनुभयाे ।

टिकटकमा @bishesh-१२३ नामको एकाउन्टबाट आएको उक्त भिडियो सार्वजनिक भएको थियो । ती व्यक्तिले श्रेष्ठमाथि पटक-पटक जिस्काएको भिडियोमा देखिएको थियो।

सार्वजनिक भएको भिडियाेमा निकिशामाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको देखिन्छ ।आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले ती मानिसलाई लखेटेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP