मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय चरम असहिष्णु भएको प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष ओली एमालेलाई छिन्नभिन्न बनाउने योजनासहित अघि बढेको भन्दै उनले पुराखबर संग भने, ‘केपी ओलीको यो निर्णय निरंकुश र अत्यन्तै तानाशाही प्रवृत्तिको ब्यूतक हो ।’

अध्यक्ष ओलीले नेता नेपाल र भीम रावललाई ६ महिना निलम्बन गरिएको पत्र पठाएका छन् । पत्र नआएपनि आफूलाई कारबाही गरेको सञ्चारमाध्यमबाट सुनेको भन्दै उनले भने, ‘फागुन २८ गते पार्टी विधानको विपरीत चल्नुभएको छ । त्यसबाट नै उहाँको नियत चर्लङ्ग भएको छ । उहाँलाई विधि र विधानसँग कुनै मतलब छैन ।’

ओलीको कदमको कुनै अर्थ नभएको नेता नेपालले बताए । ‘देशभरका कार्यकर्तालाई उच्च मनोवलका साथ केपी ओलीको तानाशाहीको विरुद्धमा जुध्नका लागि र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न म आह्वान गर्छौ’, नेता नेपालले अनलाइनखबरसँग भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP