मंगलबार , अषोज २७, २०८३

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन र नेपालबीच उच्चस्तरको रणनीतिक साझेदारी मजबुद रहेको बताएकी छिन् ।

चीन सरकारद्वारा नेपाललाई अनुदानमा उपलब्ध गराइएको आठ लाख डोज कोरोना खोप हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत यान्छीले चिनियाँ जनता र नेपाली जनतामा गहिरो मित्रता र साझेदारीको सम्बन्ध रहेको बताएकी हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा राजदूत यान्छीले कोरोना विरुद्धको लडाईंमा चीनले गरेको सहयोग कठिन समयमा एक दुवै देशका जनता एक अर्कालाई गर्ने सहयोगको अर्को प्रमाण भएको बताइन ।

राजदूत यान्छीले कोरोना भाइरसको सम्भावित दोस्रो लहरलाई रोक्न नेपाल सक्षम हुने आशा गर्दै चिनियाँ खोपले नेपाल सरकारको खोप अभियानलाई सहयोग पुर्याउने विश्वास व्यक्त गरिन । उनले महामारीलाई रोकथाम गर्न र अर्थव्यवस्थालाई पुनर्जीवित गर्न मद्दत गर्ने बताउँदै भनिन्, ‘चिनियाँ पक्ष महामारी विरुद्धको लडाईंमा नेपाललाई मद्दत गर्न र खोप खरिद एवं उपयोगलाई थप सहज बनाउन तयार रहेको छ ।’
राजदूत यान्छीले कोरोना महामारी विरुद्धको लडाईंमा चीनको नेतृत्वलाई नेपाल सरकार र नेपाली जनताले समर्थन गरेकोमा धन्यवाद समेत दिएकी छिन् ।

राजदूत यान्छीले कोरोना महामारी मानवता विरुद्धको साझा दुश्मन भएको भन्दै कोरोना खोपलाई विश्वव्यापी सार्वजनिक हितको लागि प्रयोग गर्ने राष्ट्रपति सी चिङफिङको प्रतिवद्धतालाई स्मरण गरिन् ।

त्यसअवसरमा यान्छीले भनिन, ‘ हामी विश्वव्यापी खोप सहयोग प्रवर्धन गर्न प्रतिबद्ध छौं । विश्वका सबै नागरिकले समान ढंगले खोप प्राप्त गरी स्वास्थ्य अधिकार उपभोग गर्न पाउनुपर्छ भन्ने राष्ट्रपति सीको आश्वासन पूर्ति गर्न प्रतिबद्ध छौं।’

चीनले नेपालसहित अहिलेसम्म ८० देशलाई आफ्नो देशमा उत्पादित कोरोना खोप अनुदानमा उपलब्ध गराएको छ । ४३ देशमा खोपको निर्यात गरेको छ । नेपालमा ल्याइएको खोप सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल नामक खोप हो । यो खोपको प्रभावकारिता ८० प्रतिशत रहेको चीनले बताएको छ । हालसम्म चीन र विदेशमा गरी १० करोड डोज खोप वितरण भैसकेको छ । चिनियाँ खोपको सुरक्षा र प्रभावकारिता पूर्ण रूपमा परीक्षण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP