मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि र जसपा, नेपालले पनि अविश्वासको प्रस्ताव ल्याउनको लागि सहयोग गर्ने भनेर लिखित सहमति गरे आफू अघि बढ्ने तयारी गरेका छन् । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग भएका छन् ।

जसपाले लिखित रुपमा नै मलाई । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक÷दुई दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने बताईसकेका छन् । तर, समर्थन फिर्ता लिन भने माओवादी केन्द्रले ठोस निर्णय लिन सकेको छैन् । हिजोमात्रै प्रज्ञा भवनको डबलीमा आयोजित बृहत्त नागरिक आन्दोलनको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अब आफूले धेरै नकुर्ने बताउँदै एक/दुई दिनभित्रै समर्थन फिर्ता लिने घोषणा गरेका छन् ।

यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने अहिलेसम्म सरकारको नेतृत्व लिनेगरि अग्रसर भएको छैन् । सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिनको लागि कुनै पहल नगरेको र गम्भीर नभएको कुरा पार्टीभित्रैबाट गुनासो भैरहेको छ । कतिपय नेताले प्रधानमन्त्री ओलीसँग सभापति देउवाको अघोषित साँठगाँठ रहेको समेत आरोप लगाउन थालेका छन् ।

प्रधानमन्त्री ओलीले आफूले कुनैपनि हालतमा राजीनामा नदिने बरु संसदबाट विश्वासको मत लिने जनाईसकेका छन् । पछिल्लो समय कांग्रेस सभापति देउवाले आफू अविश्वासको प्रस्ताव लैजानको लागि तयार रहेको तर त्यसको लागि माओवादी केन्द्रले समर्थन फिर्ता लिनुपर्ने र अविश्वासको प्रस्तावमा समर्थन गर्ने भनेर जसपा नेपालले लिखित रुपमै सहमति गर्नुपर्ने भनाई राखेका छन् । सभापति देउवा हिजो र र आज लगातार आफूनिकट नेताहरुसँगको आन्तरिक छलफलमा आफू सरकारको नेतृत्व लिन तयार रहेको कुरा बताएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP