शनिबार , बैसाख ६, २०८२

काठमाडौं । एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मंगलबार नेपाली युवा टोलीले भारतको सामना गर्दैछ।

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा खेल बिहान सबा ११ बजे सुरु हुनेछ।  समूह चरणका दुई खेलमा लगातार हारेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्र बांकी छ।  नेपालले आजको खेलमा भारतलाई ठूलो अन्तरले हराउँदै नेट रनरेट अघि रहन सके सेमिफाइनलमा पुग्न सक्नेछ। त्यसका लागि पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनु पर्नेछ।  समूह चरणमा एक खेलमा जित र एक खेल हारेको भारत नेपाललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन चाहन्छ।  अफगानिस्तानलाई ७ विकेटले हराएको भारत पाकिस्तनसँग भने ८ विकेटले पराजित भएको थियो।  नेपालले भने पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो हार व्यहोरेको थियो।

समूह ए को अन्तिम खेलमा आजै पाकिस्तान र अफगानिस्तान आमनेसामने हुनेछन्। यो खेल पनि बिहान सवा ११ बजे नै सुरु हुनेछ।  समूह ए मा लगातार दुई खेलमा जित निकालेको पाकिस्तान ४ अंकमा शीर्ष स्थानमा छ। भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छ।  लगातार दुई खेलमा हार भोगेको नेपाल भने अंक विहीनरुपमा तालिकाको पुछारमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP