मंगलबार , असार २३, २०८३

म्यानमारमा शनिबार मारिएका ११४ जना प्रर्दशनकारीको अन्त्येष्टिमा भाग लिएका मानिसहरुमाथि सुरक्षा बलले गोली चलाएको छ ।

आइतबार यान्गोन नजिकै बागो टाउनमा आयोजित एक अन्त्येष्टि कार्यक्रममा चलेको गोलीबारीमा के कति क्षती पुग्यो भन्नेबारे यकिन जानकारी नभएको रोयटर्स न्यूज एजेन्सीले तीन जनासँगको कुराकानीपश्चात् जानकारी दिएको छ ।

‘जब हामी क्रान्तिका गीत गाइरहेका थियौं तब सुरक्षा बल त्यहाँ पुगेर हामीमाथि गोली बर्साउन थाले,’ आय नामकी एक महिलाले भनिन्, ‘गोली चल्ने बित्तिकै हामीजस्तै थुप्रै मानिस त्यहाँबाट भाग्यौं ।’

यद्यपि, आइतबार अर्को एक स्थानमा चलेको गोलीका कारण दुईजनाको मृत्यु भएको छ । घटनाका प्रत्यक्षदर्शी तथा सामाचारका रिपोर्टले यसबारे जानकारी दिएको छ । म्यानमारको नेपिडमा आयोजित एक प्रदर्शनमा सुरक्षाबलको गोली लागेर एकजनाको मृत्यु भएको नाउ न्यूजले जानकारी दिएको छ ।

आइतबार म्यानमारमा व्यापक मात्रामा खासै कुनै विरोध प्रदर्शन भएनन् । यद्यपि, विभिन्न स्थानमा अन्त्येष्टि कार्यक्रम भने आयोजना भएको थियो ।

शनिबार मारिएका ११४ जनामध्ये ६ जना १० देखि १६ वर्ष उमेरका बालबालिका पनि रहेका छन् ।

जापान, दक्षिण कोरिया, यूनाइटेड किङ्गडम र युनाइटेड स्टेट्सले आइतबार एक संयुक्त वक्तव्य जारी गर्दै सैन्य कूको विरोध गरेका छन् ।

यो वक्तव्यमा अन्य देश जस्तै, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, जर्मनी, ग्रीस, इटली, नेदरल्याण्ड र न्यूजिल्याण्डले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP