मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली चलचित्र ‘११ः५५’ घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र ‘११ः५५’ घोषणा गरिएको हो । केशब पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रज लगायतको अभिनय रहनेछ । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको चलचित्र क्राइम, थ्रिलर विधामा निर्माण हुने बताइएको छ ।

विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह निर्माता रहेका छन् । विगत एक दशकदेखि चलचित्रलाई नजिकबाट हेरेर राम्रो दर्शक बनेका निर्देशक पाण्डेले बताए ।

‘म राम्रो दर्शक हुँ । विगत एक दशकदेखिको चलचित्रसम्बन्धी अनुभवलाई सङ्गालेर कथा तयार गरेको हुँ’, निर्देशक पाण्डेले भने,‘यो चलचित्रमा कथा नै स्टार हो । यहाँ कलाकार भन्दा पनि पात्र देखिनेछन् ।’

निर्देशक पाण्डेको चलचित्र सम्बन्धी स्वअध्यनले आफूलाई प्रभावित बनाएको लेखक तथा कलाकार एमएस अग्रजले बताए । उनले भने,‘हामी प्रवासमा एक साँझ भेटिदा चलचित्र सम्बन्धी भएको छलफलले आजको सहकार्य जुरेको हो । क्राइम, थ्रिलर र सस्पेन्स भएता पनि पनि पूर्ण रुपमा मनोरन्जनात्मक चलचित्र बन्ने छ ।’

अभिनेत्री सृष्टी श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन । ‘मैले कथा पढेपछि अगाडि के होला ? भनेर जिज्ञासु बन्थे । यो चलचित्रमार्फत हामी पात्रको रुपमा चिनिने छौं । यो मेरो करिअरलाई अगाडि बढाउने चलचित्र बन्ने छ, भन्नेमा विश्वस्त छु’, अभिनेत्री श्रेष्ठले भनिन् ।

अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिका प्राप्त गरेको बताए । ‘मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिकाले आकर्षित गरेर सहकार्य सम्भव भएको हो । नयाँ टिम देखिएता पनि चलचित्र प्रतिको अध्यन र अनुभवले हामी भित्र रहेको प्रतिभा पर्दामा देखिन्छ भन्नेमा विश्वस्त छु’, अभिनेता त्रिपाठीले भने ।

यसै चलचित्रमार्फत पर्दामा डेब्यु गर्न लागेका अभिनेता सगार खनालले चलचित्र सम्बन्धी गरेको अध्यनलाई प्रयोग गर्ने अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्ने बताए । ‘यो मेरो डेब्यु चलचित्र भएता पनि सबैको भूमिका बराबर छ । पहिलोपटक पर्दामा देखिदा नै अभिनयमा पोख्त टिमसँग सहकार्य गर्न पाउँदा र उस्तै भूमिका पाउँदा उत्साहित छु’, अभिनेता खनालले भने ।

चलचित्रमा प्रद्युमन मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायदको कार्कीको मुख्य सहायक निर्देशन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन रहनेछ ।

चलचित्र ‘११ः५५’ मा ६ जनाको कथा देखाईएको छ । आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स–साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति चलचित्रमा देखाईने छ । ३५ दिनको सेड्युल तय भएको चलचित्रको छायांकन आउँदो शनिवारबाट सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP